सेयर बजारले पत्याएन नयाँ आवको बजेटलाइ, आज सेयर बजारमा पहिरो

काठमाडौं – आगामी आवको बजेट सार्वजनिक भएपछिको पहिलो दिन सेयर कारोबारमा नकारात्मक प्रभाव परेको छ । शेयर बजार आज मङ्गलवार ५३ दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेको छ ।

सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बिमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ७५ वटा कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्