पूर्व सचिव उपाध्यायले उठाएको मुद्दा बजेटमा समावेश : सरकारले गाँजा खेतीको अध्ययन गर्ने

File Photo

काठमाडौं – सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद तालीले गुञ्जायमान भएको थियो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । गाँजा खेतको विषयमा नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालबाट जाेडदार माग उठाउँदै आएका थिए ।

यो पनि पढ्नुहोस् 

पूर्व सचिव उपाध्यायले भने– ‘गाँजा खाएर कोही मरेको छैन, छिटो बैध गर’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्