नयाँ भवन नबनाउने, नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने

 

सरकारले आगामी आर्थिक वर्षमा नयाँ भवन नबनाउने भएको छ । सोमबार प्रस्तुत बजेट बक्तव्यमा नयाँ भवन नबनाउने, सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गर्ने, नयाँ सवारी साधन र फर्निसिङ नगरिने लगायतको निर्णय गरेको हो । यस्तै सवारी साधन सुविधा पाउने व्यक्तिलाई इन्धन वापत नगद प्रदान गरिने, सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने, सरकारी पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलालमी गरिने विषयबस्तु समावेश गरिएका छन् ।

बाँझो र उपयोगविहीन जमिन उपयोग गर्न प्रोत्साहन गरिने,  आत्मनिर्भर अर्थतन्त्रका लागि नवप्रवर्तनका लागि ७ अर्ब विनियोजन, विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारका लागि छुट्याइएको, किसानलाई रासायनिक मल खरिदका लागि अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन, अगुवा किसानको अनुभव र ज्ञान कृषि उद्यम गर्न चाहनेलाई हस्तान्तरण गरिनेछ । यस्ता व्यक्तिलाई कृषि गुरु बनाइने. १०० स्थानीय तहमा पोषिलो घाँसे बाली विस्तार कार्यक्रम सञ्चालन गरिने, कृषिमा युवा जनशक्तिलाई प्रोत्साहन गर्न १ अर्ब २० करोड विनियोजन, चोभारमा फलफुल र तरकारी बजार बनाउन बजेट विनियोजन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्