दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा खासै प्रभाव पर्दैन : नेपाल राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले भारतीय रुपैया दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा खासै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

१ अक्टोबर २०२३ देखि लागु हुनेगरी रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीमा बन्द गर्ने निर्णय गरेको छ । नेपालमा चलनचल्तीमा नै नभएका र अनौपचारिक माध्यममा सीमाक्षेत्रमा रहेका व्यापारीले केही भारु प्रयोग गर्ने भएपनि ३० सेप्टेम्बर २०२३ सम्मको समयसीमाभित्र साट्न र भारतको बैंकमा जम्मा गर्ने समय दिएकोले २०१६ को नोटबन्दीको समयको जस्तो नसाटिने जोखिम रहेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्