दाङको देउखुरीमा दुई वटा बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु, २० जनाभन्दा बढी घाइते

दाङ– दाङको देउखुरीमा आज बिहान दुई वटा बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । लमहीबाट भालुवाङतर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमहीनगरपालिका–३ फल्कापुरमा एक आपसमा ठोक्किदा रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ की ४२ वर्षिया शोभा परियारको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

बारा जिल्लाबाट ईटाभट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्