दासढुंगा हत्याकाण्डको ३० वर्ष पूरा, मदन भण्डारी र जिवराज आश्रितको हत्या अझैपनि रहस्यमै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा मदन–आश्रितको निधन भएको थियो । जीपका चालक अमर लामा सकुशल रहेर नेताद्वयको मृत्यु भएको उक्त घटना अहिले पनि रहस्यमय नै छ । घटनाका एक मात्र सबुत चालक अमर लामाको पनि माओवादी द्वन्दकालका क्रममा २०६० सालमा कीर्तिपुरमा दिनदहाडै हत्या भएपछि मदन–आश्रित दूर्घटना सधैं रहस्यमै रहने अवस्था बनेको हो ।

यस बीचमा नेकपा एमालेकै नेतृत्वमा थुप्रै सरकार बन्ने र मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति बन्दा पनि उक्त घटना पुनः छानविन गरिएन । यसैबीच, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले आज छुट्टाछुट्दै रुपमा मदन–आश्रित स्मृति दिवस मनाउने भएका छन् । मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद (जबज) लाई नेकपा एमालेले पार्टीको मार्गदर्शन सिद्धान्तका रुपमा अंगीकार गर्दे आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्