एमाले केन्द्रीय कमिटी बस्दै, समूह छलफलपछि स्थायी कमिटी बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे १० बजेबाट सुरू हुने दोस्रो दिनको बैठकमा ४ वटा प्रदेश कमिटीले पार्टीले गत फागुनबाट सुरू गरेको मिसन ग्रासरूट अभियानमा केन्द्रित रहेर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निकायगत कामको प्रतिवेदन पेश गरेका थिए।

बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश, कोशी प्रदेशको प्रतिवेदन पेश भइसकेको छ। सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव छविलाल विश्वकर्माले प्रतिवेदन पेश गरेका थिए। कोशीबाट त्यस प्रदेशका इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन पेश गरेका थिए।

आज बाग्मती, गण्डकी र उपत्यका विशेष कमिटीको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बाँकी प्रदेशको प्रतिवेदन सुनिसकेपछि ८ वटा समूह बनाएर छलफल गरिने पनि उनले बताए। छलफलका लागि सात वटा प्रदेशको सात समूह तय भएको छ। त्यस्तै पेशागत र सम्पर्क समन्वय कमिटीको अलग्गै समूह तय गरेर प्रतिवेदनमाथि सदस्यलाई राय राख्न लगाइने छ। आजकै बैठकमा सबै समूहका छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्