नेपालीले ९ महिनामा ४६ करोडको चुइगम पड्काए, पाँच वर्षमा झण्डै ३ अर्बको आयात

काठमाडौँ- नेपालीले पछिल्लो ९ महिनामा ४६ करोड बढिको चुइगम पड्काएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा नेपालीले चुइगममा मात्रै ४६ करोड बढी रुपैयाँ खर्चिएका छन्।

चालु आर्थिक वर्षको ९ महिनामा ४६ करोड ६५ लाख ४० हजार रुपैयाँको १४०६.५६ मेट्रिक टन चुइगम आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमभ्ये सबैभन्दा बढी भारतबाट ४५ करोड २४ लाख ५८ हजार रुपैयाँको चुइगम आयात भएको छ। श्रीलंका, टर्की, अमेरिका जर्मनी र बेलायत लगायतका देशबाट चुइङ्गम आयात हुने गरेको पाइएको छ। उक्त चुइङ्गम आयात गर्दा ३७ करोड ५१ लाख ९७ हजार रुपैयाँ भन्सार शुल्क लागेको विभागले जनाएको छ।

पाँच वर्षमा झण्डै ३ अर्बको चुइगम आयात

आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको ९ महिनासम्ममा २ अर्ब ८२ करोड ४३ लाख २२ हजार रुपैयाँको चुइगम आयात भएको विभागको तथ्यांकमा छ।

आर्थिक वर्ष २०७५/७६ मा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँको चुइगम आयात भएको थियो भने २०७६/७७ मा ५७ करोड ९७ लाख ३४ हजार रुपैयाँको आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ६२ करोड ३३ लाख ९२ हजार रुपैयाँको चुइगम आयात भएको थियो भने २०७८/७९ मा ४३ करोड ५९ लाख ६१ हजार रुपैयाँको आयात भएको थियो। चालु आर्थिक वर्षको चैतसम्ममा ४६ करोड ६५ लाख ४० हजार रुपैयाँको चुइगम आयात भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्