कैलालीमा आफ्नै छोरालाई इटा प्रहार गरेर मारेको अभियोगमा बुवा पक्राउ

कैलाली – कैलालीमा आफ्नै छोरा मारेकाे अभियोगमा बुवा पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरी आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

महेश कुमारले आफ्नै घर भन्दा अन्दाजी १ सय ५० मिटर टाढा जंगलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्