उपनिर्वाचनबाट चुनिएका सदस्यहरुको शपथग्रहण आज

काठमाडौं – तीन क्षेत्रमा भएको प्रतिनिधि सभा उपनिर्वाचनबाट चुनिएका सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । यहि बैशाख १० गत् बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन भएको थियो । जसमा बाराबाट उपेन्द्र यादव, चितवनबाट रवि लामिछाने र तनहुँबाट डा. स्वर्णिम वाग्ले निर्वाचित भएको थिए ।

तीनै जना प्रतिनिधि सभा सदस्य आज साढे ११ बजे सपथ ग्रहण गर्ने भएका छन् । उहाँहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्