आईपीएल: पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ । सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो । म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९.३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । राजाले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे । लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले ५६ बलमा ८ चौका र १ छक्का मदतमा ७४ रन बनाए । कायल मेयर्सले २९ रन जोडे । पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ तथा कागिसो राबडाले २ विकेट लिए । तेस्रो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंक नै रहेको लखनउ राम्रो रनरेटमा दोस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्