बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

काठमाडौँ – बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराएका हुन्।

कांग्रेसबाट २ जना मन्त्री सरकारमा सहभागी भएका छन्। कांग्रेसले बागमतीमा कति मन्त्रालय पाउने निश्चित भइसकेको छैन।

अहिले कांग्रेसबाट संसदीय दल नेतासमेत रहेका सांसद बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री र सांसद तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री भएका छन्। नवनियुक्त मन्त्रीहरूलाई आइतबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए।

मुख्यमन्त्री जम्कट्टेलले गत चैत १० मा दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि उनले मन्त्रिपरिषदमा ३ जनालाई नियुक्त गरेका थिए।

आर्थिक मामिला तथा योजना मन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राप्रपाका उद्धव थापा नियुक्त भएका थिए। एमाले र राप्रपाले सरकार छाडिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्