नयाँ अर्थमन्त्री नियुक्तिपछि लगातार तीन दिन घटेको सेयर बजार आज भने केहि सुधार

काठमाडौं – नयाँ अर्थमन्त्री नियुक्तिपछि लगातार तीन दिन घटेको सेयर बजार आज भने केहि सुधार भएको छ । आज ८.३९ अंकले वृद्धि भएर बन्द भएको छ ।

बुधबार बजार परिसूचक नेप्से १८७५.०४ अंकमा बन्द भएको छ । आज होटल तथा पर्यटन उपसूचक १.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । यता उत्पादनमूलक उपसूचक ०.१० प्रतिशत, निर्जीवन बीमा उपसूचक ०.५२ प्रतिशत र व्यापार उपसूचक ०.४१ प्रतिशतले गिरावट भएको छ ।

परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार करिब ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झरेको हो । २१ हजार ५०४ वटा कारोबारमा २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्