महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, ७ वटा गाडी जले

सांकेतिक तस्विर

काठमाडौं – ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्