चैत्र १० गतेसम्म सरकार बिस्तार हुन्छ : प्रधानमन्त्री

File Photo

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले  आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री दाहालले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए । प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्