कस्तो रहला आजको मौसम ?

सांकेतिक तस्बिर

काठमाडौं – हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, देशको पहाडी-तराईका भू-भागका केही स्थानमा दिउँसाेतिर मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति भने देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्