१० दलबीचको बैठक निष्कर्षविहिन, भोलि फेरि बस्ने

काठमाडौँ – उपराष्ट्रपति निर्वाचन सम्बन्धमा बसेको १० दलबीचको बैठक सकिएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलबीचको बैठक सकारात्मक भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए। उक्त बैठक कुनै निष्कर्षबिना नै सकिएको हो। उपराष्ट्रपतिको निर्वाचनको लागि सत्तारूढ गठबन्धनमा रहेका १० दलबाटै तीन जना उम्मेदवार छन्।

जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिला यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन्। प्रमिला यादवले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरिसकेकी छन्। यद्यपि उनको उम्मेदवारी कायमै छ। तर जनमत पार्टीले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडानपछि उक्त बैठक बसेर साझा उम्मेदवार तय गर्न लागेको हो।

यसबारेमा फेरि भोलि बैठक बसेर समझदारी कायम गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्