नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, सरकार पुनर्गठन र मन्त्रीको विषयमा छलफल हुने

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक उप-राष्ट्रपतिको चुनाव केन्द्रित हुने छ ।

चैत ३ गते हुने उप-राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् ।

जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ । गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ । कांग्रेसको बैठकमा बुधबार सरकार पुनर्गठन र मन्त्रीको विषयमा छलफल हुने बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्