बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

File Photo

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उपहारखबरलाई जानकारी दिए ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए । पछिल्लो समयमा देशभरका करिब ६० भन्दा बढी संघसंस्था मिलेर बैंकविरुद्ध आन्दोलन गर्दै आएका थिए । उक्त आन्दोलनको नेतृत्व महासंघका तर्फबाट श्रेष्ठले गरेका थिए । बैंकविरुद्धको आन्दोलनको मुख्य माग ब्याजदर एकल अंकमा ल्याउनु पर्ने थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्