शीतलनिवासबाट बिदा भइन् निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ – निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ भएको छ।

सोमबार उनको राष्ट‍्रपति निवास शीतलनिवासबाट बिदाइ गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो। उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरिएको छ। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनोको रूपमा आँखीझ्याल दिएका थिए।

उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको छ ।  बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्