पीएनजीले दियो नेपाललाई ९६ रनको झिनो लक्ष्य, सन्दीपले लिए ५ विकेट

काठमाडौं –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ । त्रिविस्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पीएनजीलाई ९५ रनमा अलआउट गर्‍यो ।

३२ ओभरमा सबै १० विकेट गुमाउदै पीएनजीले जम्मा ९५ रन मात्रै बनायो । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ५, ललित राजवंशीले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिए ।

पीएनजीका लागि कप्तान असाज भालाले सर्वाधिक २० रन, सेस बउले १८, कार्लेस अमिनीले १६, हिरि हिरिले १४, चाद सापेरले ८, हिला भारेले ७, रेल्ली हेकुरेले ४, किप्लिन डोरिगाले २ रन बनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्