युनिटीको स्थापना दिवस तथा पुस्कार वितरण सम्पन्न

भक्तपुर – भक्तपुर कटुन्जेमा अवस्थित युनिटी स्कूलले आफ्नो २१ औं स्थापना दिवस तथा एस इ इ बिदाई एवं सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रम– २०७९ सम्पन्न गरेको छ । नेशनल प्याब्सन केन्द्रिय समितिका सह अध्यक्ष सुवाश न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सह अध्यक्ष न्यौपानेले निजी क्षेत्रको लगानीले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताए । न्यौपानेले विद्यालयले अतिरिक्त क्रियाकलापमा विशेष जोड दिन सफल बताउँदै हालका बाल बालिकाहरु पढाइ लेखाइमा मात्र नभई सृजनात्मक गतिविधिहरुमा पनि अगाडि बढ्नु पर्ने, सम्पुर्ण विद्यार्थीबर्ग सबैले राष्ट्रको हक हितका लागि लड्नु पर्ने र नेशनल प्याब्सन केन्द्रद्वारा आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथी सुर्यबिनायक नगरपालिकाका वडा न. ५ का वडा अध्यक्ष राजकुमार जोशीले शिक्षा क्षेत्रका लागि वडाबाट निकै ठूलो बजेट छुट्याइएको बताउँदै शिक्षा क्षेत्रको वृति बिकासका लागि वडा सधै तयार र तत्पर रहने बताए । यस्तै नेशनल प्याब्सन भक्तपुर जिल्लाका अध्यक्ष संजय खड्काले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युनिटीले विभिन्न फरक फरक कार्यक्रम ल्याउन सफल भएको बताए खड्काले अभिभावक, शिक्षक र विद्यार्थी बिचको त्रिपक्षिय भुमिकामा विशेष जोड दिए । उनले शैक्षिक सत्र २०८० का लागि आफ्नै भवनमा पठनपाठन संचालन गरि थप आकर्षक सेवा सुबिधा सहित अघि बढ्ने योजनामा रहेको युनिटीलाई शुभकामना दिए ।

कार्यक्रममा एस इ इ ब्याच : २०७६, २०७७, २०७८ को एकै पटक बिदाई गरिएको थियो । विद्यार्थीहरुलाई प्रमुख अतिथी सुवास न्यौपाने र अतिथी सन्जय खड्काले मायाको चिनो बितरण गर्दै विद्यार्थीहरुलाइ उच्च शिक्षाको लागि शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सीपल सम्झना गुमान्जु तथा विद्यालयका संचालकहरुले हालै सम्पन्न भएको युनिटी ओलम्पिक फेट २०७९ को पुरस्कार बितरण गरेका थिए । ओलम्पिकका विभिन्न खेल क्रियाकलापमा पहिलो, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीहरुलाई मेडल र सम्मान प्रत्र बितरण गरिएको थियो । त्यस्तै विद्यालयका शिक्षक, शिक्षिकाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले विभिन्न नृत्य, गीत, कबिता बाचन, नाटक प्रस्तुत गरेका थिए । युनिटी इङ्लिस सेकेण्डरी स्कुलका प्रिन्सीपल सम्झना गुमान्जुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालक समितीका अध्यक्ष बिपिन गुमान्जु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रण बहादुर गुमान्जु, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा निकै उत्साह जनक र निकै भव्य र सभ्य तवरले संचालन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्