कञ्चनपुरमा अनाथालयमै १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि यौन शोषण, संचालक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा विगत लामो समयदेखि नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

लामो समयदेखि अनाथलयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सूचना कञ्चनपुर प्रहरीलाई प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। नाबालिकासँग यौन शोषण हुने गरेको सूचना प्राप्त भएपछि महेन्द्रनगरको महाकाली बाल अनाथालयका प्रमुख चन्दलाई पक्राउ गरिएको उनले बताए।

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गरेको खुल्न आएको छ। पीडित बालिकाले यो विषय कसैलाई भन्न सकेका थिएनन्। नाबालिका करणी गरेको आरोपमा चन्दलाई मंगलबार पक्राउ गरिएको हो। चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्