फिजम फुटवल अन्तर्गत आज भएको खेलमा मोनाष्टिक स्कुल र बेष्ट ग्रुप भिजन स्कुल विजयी

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनलका खेल भएका छन् । जसमा पहिलो खेल बेष्ट ग्रुप भिजन स्कुल र अर्किड प्युपल स्कुल बीच भएको छ । जसमा बेष्ट ग्रुप भिजन ६–१ गोलअन्तरले विजयी भएको छ । यसैगरी बेष्ट ग्रुपका सकर विशुङ्खे म्यान अफ द म्याच घोषित भएको जनरल कोअर्डिनेटर ज्ञानु श्रेष्ठले बताउनुभयो ।

यसैगरी क्वाटर फाइनल अन्र्तगत आज दोस्रो खेल कामयक स्कुल र मोनाष्टिक पब्लिक स्कुल बीच भएको कार्यक्रम संयोजक तथा सचिव सुनिल केसीले बताउनुभयो । जसमा मोनाष्टिक स्कुल ३–० गोल अन्तरले विजयी भएको छ । यसैगरी मोनाष्टिकका सन्दिप खड्का म्यान अफ द म्याच भएका छन् । खेल तालिका अनुसार भोलि कुनै खेल हुने छैनन् भने पर्सिं मंगलबार पहिलो खेल लाइसियम स्कुल र नेक्सस स्कुल बिच हुनेछ भने दोस्रो खेल ग्रामर स्कुल र भीभीएम स्कुल बीच हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्