बाजुरालाई केन्द्रविन्द्र बनाएर आएको भुकम्पले एक दर्जन बढी घर भत्किए

बाजुरा– मंगलबार बाजुरालाई केन्द्रविन्द्र बनाएर आएको भुकम्पले विभिन्न ठाउँका घरहरु भत्काएको छ । भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किएका छन् ।

जिल्लाको स्वामीकार्तिक गाउँपालिका मेला भन्ने ठाउँमा केन्द्र विन्दु बनाएर ५ दशमलव ९ रेक्टरको भुकम्प गएको भुकम्पविद् तिर्थराज दाहालले बताउनु भएको छ ।

आज दिउँसो २ बजेर ४३ मिनेटको समयमा बाजुरा केन्द्रबिन्दु भएर आएको भूम्कपका कारण बडीमालिका नगरपालिकामा तीन वटा घर, गौमुल गाउँपालिकामा एक घर गरी दर्जन बढी घर भत्किएका खबर आउन थालेका छन् ।

भूकम्पपछि जिल्लाको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्