पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश, रातिदेखि हल्का वर्षा र हिमपातको सम्भावना

FILE PHOTO

काठमाडौं – आज दिउँसो देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको भनाइ छ ।

सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्