सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा

काठमाडौँ  – सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कांग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोखेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताए । उनले भने, ‘साथीहरूले प्रचण्डलाई धोका दिनुभयो । अब सबै गुम्यो । मेरो प्रयास सफल हुन सकेन ।’

यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले नेतृत्वले आफूलाई बाहेक अरूलाई नदेखेर स्वाहाको बाटो रोजेको बताए । ‘बुझेकै हो । बुझ्नेले स्वाहाको बाटो रोजे पछि । आफूलाई भन्दा अरूलाई नदेखे पछि,’ भण्डारीले असन्तुष्टि छ । यस्तै केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा पदाधिकारीहरूले लिनुपर्ने बताए । उनले भने, ‘हामी केही केन्द्रीय सदस्यहरू गठबन्धनभन्दा एक्लै निर्वाचनमा जानु उत्तम हुन्छ भन्दा पदाधिकारीहरुको गोप्य सहमतिको आधारमा एकजना प्रभावशाली महामन्त्रीजीले कांग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धन नै आवश्यक भएको प्रस्ताव सुनाउनुभो । पारित गर्न अनुरोध गरेपश्चात प्रस्ताव पास भयो ।’

संघदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएपछि कांग्रेस पार्टीको इतिहासमा ७४ सिट छोडेर ९१ सीटमा लड्न बाध्य पारेको उनको आरोप छ । उनले पार्टीले सबै कुरा गुमाउँदासमेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने नेतृत्वमाथि आक्रोश पोखेका छन् । पदाधिकारी र कार्यसम्पादन समितिले वर्तमान जटिल राजनीतिक अवस्थाको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्