कांग्रेसबाहेकको नयाँ गठबन्धन, साढे २ वर्षपछि सरकारको नेतृत्व फेरिने

File Photo

काठमाडौँ – कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । बालुवाटारमा आइतबार बिहान भएको कांग्रेस नेतृत्वको गठबन्धनमा कांग्रेस अडानका कारण सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका अन्य राजनीतिक दलहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर छलफल गरेका थिए ।

उक्त छलफलमा एमाले माओवादी केन्द्रका नेताबाहेक, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति गरी ७ पार्टीको नयाँ गठबन्धन बनाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । यी ६ दलका सांसद संख्या १६६ पुग्छ । नेताहरुबीच एमाले र माओवादीले ५ वर्षे कार्यकालमा आधाआधा समय सरकारको नेतृत्व गर्नेगरी सहमति गरेका छन् । बालकोटमा सहमति जुटेलगत्तै नेताहरु प्रधानमन्त्रीको दावी गर्न बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवासतर्फ लागेका छन् ।

बालकोट बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपतिले उपधारा २ अनुसार सरकार गठन गर्न दिएको समय समाप्त हुने दिनसम्म पनि संसद्को ठुलो दल कांग्रेसले उपधारा २ अनुसार सरकार गठन गर्न पहलकदमी नगरेपछि स्वभाविक दोस्रो ठुलो दलको हैसियतले नयाँ सरकार बनाउन पहल कदमी गरेको बताए । उनले त्यस्तो बाध्यता आइलागेको पनि बताए ।

‘कांग्रेसले पहल नगर्दा संविधानको धारा ३ अनुसार जाने भएकाले २ अन्तर्गत नै सरकार बनाउनेबारे छलफल गर्यौ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति समक्ष दावी पेश गर्ने सहमति भएको छ’, महासचिव पोखरेलले भने, ‘त्यसमा एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुुक्ति पाटी मिलेर १६६ पुगेको छ । ति दलको सहमतिमा प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा । एजेण्डामा आधारित सहमति गरेका छौ ।’ उनले २ अनुसार सरकार गठनको बाटो खोलेसँगै अन्य समग्र विषयमा छलफल गरेर अघि बढने सहमति भएको समेत जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्