विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदै

काठमाण्डौ – विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् ।

जापान र क्रोएसियाबीचको खेल राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । जित्ने टोली क्वाटर फाइनलमा पुग्ने छ । जापान समूह ’ई’ बाट विजेता र क्रोएसिया समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ बजेर ४५ मिनेटमा सुरु सुरु हुनेछ । ब्राजिल समूह ’जी’ को विजेता र दक्षिण कोरिया समूह ’एच’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्