तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ – तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याउँदा एमालेका रानामगरले १९ हजार ९४३ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका छन् ।

पौडेल यहाँबाट ०४८ सालदेखि नै लगातार चुनाव लड्दै आएका छन् । ०४८ मा तनहुँ–१ बाट निर्वाचित भएका पौडेल ०५१, ०५६, ०६४ र ०७० मा समेत यहीबाट निर्वाचित भएका थिए । ०७४ मा भने उनी बामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्