भक्तपुर–१ बाट नेमकिपाका प्रेम सुवाल ३० हजार मतान्तरले विजयी

काठमाडौँ – भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।

सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका गेलालले ११ हजार ९६८ मत पाएका छन् । सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत छ ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३०३, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्