ललितपुर–२ प्रदेशसभा ‘२’मा कांग्रेसका चित्रकार निर्वाचित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् ।

चित्रकारका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८ सय ३२ मत पाएका छन् । तेस्रोमा हाम्रो नेपाल पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका प्रेमकृष्ण महर्जन निर्वाचित भइसकेका छन् भने २ ‘क’मा एमालेकै रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्