विराट काेहली बने आईसीसी ‘प्लेअर अफ द मन्थ’

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टाेबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेकाे छ । यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानकाे तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने निदा डारलाई ‘प्लेअर अफ द मन्थ’ काे अवार्ड दिइएकाे छ । मिडियाका प्रतिनिधि, आईसीसी हल हफ फेम, अन्तर्राष्ट्रियस्तरका पूर्वखेलाडी र icc-cricket.com मा प्रशंसकहरूले गर्ने भाेटका आधारमा काेहली र डार दुवै विजेता घाेषित भएका हुन् ।

काेहलीले दक्षिण अफ्रिकाका डेभिड मिलर र जिम्बावेका सिकन्दर राजालाई पछि पारेका हुन् । निदा डारले भारतकी दिप्ती शर्मा र भारतकै जेमिमा राेड्रिगेजलाई पछि पारेकी हुन् । काेहलीले दुई सय पाँच रन बनाएपछि प्लेअर अफ द मन्थ घाेषित भएका हुन् । यस्तै निदा डारले छ खेलमा एक सय ४५ रन बनाउँदै आठ विकेट लिएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्