काँग्रेसले ८० भन्दा बढी क्षेत्रमा विजय हुन्छ : प्रवक्ता महत

File Photo

कैलाली – नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण मतहले ८० भन्दा बढी क्षेत्रमा विजयी हुने बताएका छन्।

शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले काँग्रेसको भागमा परेका क्षेत्रहरुमा ८० भन्दा बढीमा विजयी हुने दाबी गरेका छन्। ‘उहाँहरुको बहुमत आउने कुनै चान्स छैन। उहाँहरुको बहुमत थियो। पार्टी एक गर्न सक्नु भएन्। केको लागि मत माग्ने रु दिएको म्याण्डेट पाँच वर्ष पूरा गर्न सक्नु भएन। दुई पटक संसद विगठन गर्नुभयो। हामी ९१ मा अधिकाँसमा विजयी हुन्छौ। समानुपानीकमा पनि मत प्रतिशत हाम्रो बढी हुन्छ,’ उनले भने।

काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका महतले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गरेका छन्। देशब्यापी गठबन्धनका पक्षमा जनलहर रहेको बताउदै एमाले अध्यक्ष ओलीले गर्न नसकेका काम गठबन्धनले गर्ने महतको दाबी छ। सबै क्षेत्रमा गठबन्धनका दलहरुले एकले अर्कालाई सहयोग गर्नुपर्ने उनले बताए। ओलीले कामभन्दा बढी गफ दिएको उनको आरोप छ। बिगतको सरकारले देशमा स्थिरता कायम गर्न सकेन्। स्पष्ट बिदेश नीति बनाउन सकेन्। जनताको जनमतको कदर गर्न सकेन् तसर्थ एमालेप्रति जनतामा निराशा छाएको छ, उनले भने।’

नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र अनुसार काम हुने दाबी उनको छ। मंसिर ४ को निर्वाचनपछि काँग्रेस ८० भन्दा बढी सिटमा विजय हुँदै ठुलो दल बन्ने उनको भनाई थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्