होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महिलाको मृत्युबारे छानबिन गर्न प्रहरीले २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल छन् । महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर गरेको थिएन । प्रहरीले अस्पतालबाट जानकारी पाएको थियो । पक्राउ परेका दुवैलाई ५ दिन म्याद थप गरिएको र घटनाबारे थप छानबिन भइरहेको एसपी मैनालीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्