मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेको मात्रै उम्मेदवारी कायम छ । दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भएकाले त्यसपछि मात्रै निर्विरोध भएकोबारे घोषणा गरिने छ ।

यसअघि २०७४ सालको चुनावमा पनि उहाँ एमालेकै समर्थनमा उम्मेदवार बनेर विजयी हुनुभएको थियो । मनाङको प्रदेशसभा ‘ख’ मा एमाले, कांग्रेस लगायत दलबाट उम्मेदवारी परेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्