काठमाडौं क्षेत्र नं. ९ ले योग्य र सक्षम प्रतिनिधि सभा सदस्य पाउदैँ, को हुन डा. ज्ञान बस्नेत ?

काठमाडाैं- आफ्नो अमूल्य समय शिक्षामा खर्च गरेका व्यक्ति हुन डा. ज्ञान बस्नेत । कानुन विषयमा विद्यावारिधी गरेर लामो समय अध्यापन पेशमा आवद्ध भई हाल काठमाडौँ क्षेत्र नं. ९ को नेतृत्व सम्हाल्न निर्वाचनमा होमिएर लागि परेका योग्य सक्षम व्यक्ति डा. बस्नेतले फरक एजेण्डा सहित चुनावी मैदानमा उत्रिएका छन् । स्पष्ट भिजन र देशका लागि उपयुक्त हुने चुनावी एजेण्डाले नै उहाँलाई चुनावमा सहज जीत हुने अनुमान गर्न सकिन्छ । संस्कारको राजनीतिको वकालत र सुत्रपातको तथा राष्ट्रिय स्वाधिनाताको रक्षा र वकातलको लागि उम्मेदवारी दिन लागेको उहाँले बताउदैँ आउनुभएको छ ।

बेलायतको प्रतिष्ठित विश्व विद्यालयबाट पिएचडी गर्नु भएका बस्नेत यति बेला राजनीतिमा देखिएको बिकृती विसंगती र मौलाइरहेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउदै चुनावमा जनतासामु उभिएर भोट माग्न लागिपरेका छन् । २० वर्षदेखि प्राध्यापन गर्दै आउनु भएका डा. बस्नेत अन्तर्राष्ट्रिय संघ संस्थामा समेत कार्यरत रहनु भयो । अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानून, अन्तर्राष्ट्रिय कानून र संवैधानिक कानूनको ख्यातीप्राप्त विज्ञ डा. वस्नेतले संस्कारको राजनितीको वकालत र सुत्रपातको लागि भएको बताउनुभएको छ । राष्ट्रीय स्वाधिनाताको रक्षा र वकातलको लागि, युवाहरुलाई राजनितिमा आकर्षण गर्नको लागि, राजनीतिलाई सर्बसाधारण जनतासंग जोड्नको लागि, दण्डहिनता, कुशासन, भ्रष्ट्रचार र हरेक खालको अन्याय र अत्याचारको बिरुद्दमा भएकोले आफु निर्वाचनको तयारीमा लागेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो “यो उम्मेदवारी दलीय प्रणालीको बिरुद्धमा पटक्कै हैन्, तर हाम्रोमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक बिकृती र भागबण्डाको राजनीतिको बिरुद्दमा भएको हो ।”

को हुन डा. ज्ञान बस्नेत ?

२०३४ सालमा भोजपुर जिल्लामा जन्मिएका डा. ज्ञान बस्नेत कानुनज्ञाता भनेर चिन्न सकिन्छ । उहाँले एसएलसी भोजपुरबाटै उतिर्ण गर्नुभयो । हाल उहाँ काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा बस्दै आउनुभएको छ । बेलायतबाट कानुनमा विद्यावारिधी गर्नुभएका डा. बस्नेत भोजपुरको विकट ठाँउमा जन्मिएर संघर्ष गर्दै राजधानी प्रवेश गर्नुभएको थियो । उहाँले नेपालबाट एकपटक र दास्रो पटक बेलायतबाट कानुनमै स्नातकोत्तर अध्ययन गर्नुभएको हो । त्यसपश्चात उहाँले मानव अधिकारको विषयमा बेलायतबाट विद्यावारिधी गर्नुभयो । उहाँ मानव अधिकारको विषयमा विद्यावारिधि गर्ने नेपालकै पहिलो व्यक्ति हुन् । अहिलेसम्म कसैको दाबी समेत नआएको उहाँको भनाइ छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको चक्रवर्ती हावी एजुकेशन ल युनिभर्सिटीमा प्राध्यापकको रुपमा उहाँका कार्यरत हुनुहुन्छ भने उहाँ खुला विश्वविद्यालयमा समेत प्राध्यापन गर्नुहुन्छ । उहाँका लेख तथा स्तम्भहरु एसिया टाइम्स अनलाईन, हङकङ, त्जभ म्बधल नेशनल पेपर पाकिस्तान तथा युरो एसिया रिभ्यू एण्ड न्यूज एनालाइसिसमा समेत अंग्रेजी माध्यमबाट लेखहरु प्रकाशन हुदैँ आइरहेका छन् । स्तम्भकारको रुपमा परिचित डा. बस्नेतले नेपालबाट प्रकाशित हुने द हिमालयन टाइम्स, राइजिङ नेपाल, काठमाडौँ पोष्टमा समेत लेख तथा स्तम्भहरु प्रकाशन गर्दै आउनुभएको छ ।
अनुसन्धानकर्ता तथा अधिबक्ताको रुपमा समेत परिचित डा. बस्नेतका मानव अधिकार सम्बन्धी कानुनमा दुइतीन वटा पुस्तकहरु प्रकाशन हुने तयारीमा छन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट उहाँका पुस्तकहरु छिट्टै प्रकाशित हुने भएका छन् ।

उहाँको उम्मेदवारी किन र के का लागि

नेपालमा राजनीतिज्ञहरुको कमी छैन भन्दापनि फरक नपर्ला तर योग्य सक्षम र देशको हितका लागि चुनावी एजेण्डा लिएर चुनावी मैदानमा आउने उम्मेदवार भेट्न मुस्किल पर्छ । देशलाई सुहाउदो र सबैको भविष्यमा काम लाग्ने चुनावी एजेण्डा सहित डा. बस्नेतले उम्मेदवारी अघि सार्नुभएको छ । उहाँले ११ बुदेँ चुनावी एजेण्डाहरु सार्वजनिक गर्नुभएको छ । उहाँका चुनावी एजेण्डाहरु यसप्रकार रहेका छन् ।
१. संघियता खारेजी
२. निर्वाचन प्रणालीमा ब्यापक सुधार
– समानुपातिक प्रणालीको खारेजी
– अश्विकारको अधिकार र आफुले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि असफल भएमा कार्यकाल सकिनु अघिनै जनताले फिर्ता बोलाउँन पाउँने अधिकारको सुनिश्चितता
– आप्रबासी नेपालीहरुलाई मतदानको अधिकार
३. न्ययापालिका, संबैधानिक अङ्गहरु र सबै सार्बजनिक संस्थाहरुलाई राजननीतीभन्दा माथी राखिने
४. बिदेशनीति, कर्मचारी प्रशासन, शिक्षा, स्वास्थ्य र जनतालाई जिउँनको लागी अत्यावश्यक कुराहरुलाई दलीय राजनीती भन्दा माथी राख्ने ।
५. शैक्षिक संस्थाहरु शान्तीक्षेत्र बनाउँने । त्यहाँबाट सबै राजनितिक संगठनहरु हटाउँने

६. कानुनको शासन, लिङ्ग र जातको आधारमा गरिने हरेक खालको सामाजिक बिभेदहरुको अन्त्य गर्दै समतामूलक समाजको निर्माण र मानब अधिकारको रक्षा गर्ने । संक्रमणकालीन न्यायलाई अन्तराष्ट्रीय मानब अधिकार अनुसार टुङ्गोमा पुर्याउँने ।
७. हरेक खालको भ्रष्ट्राचार, नितिगत लट र अनियमिततालाई जरैबाट उखेल्ने ।
– २०४६ पछी शक्ति र सत्तामा बसेका सबैको सम्पती छानबिन गर्ने
– प्रधानन्यायाधिश, न्यायाधिश र संबैधानिक अङ्गका पूर्व र बर्तमान सबै पदाधिकारीहरुको शक्तिशाली नागरिक आयोग बनाएर सम्पती छानबिन गर्ने
– ब्यापारीहरुलाई करको दायरामा ल्याउँने । सम्पती सुद्दिकरण सम्बन्धी कानुनलाई सशक्त बनाउँने
८ आर्थिक रुपमा देशलाई आत्मनिर्भर बनाउँने । बिदेशी ऋण कम गर्दै जाने ।
– कृषी उत्पादनलाई अधुनिकिकरण गर्ने । युवा जनशक्तीलाई उद्दमशिल बनाउँदै रोजगारिको वातावरण तयार गर्ने
– २०४६ पछी बेचिएका, नष्ट भएका सबै उद्योग र कलकारखानाहरु पुनस्थापना गरिने
– नेपाली समाजलाई पलायनबादी मानसिकता बाट माथी उठाउँने । बिदेशमा पसिना बगाउँन बाध्य बनाईएका हाम्रा लाखौं लाख नेपाली दाजुभाई र दिदिबहिनी हरुलाई स्वदेश फर्काएर यहिं काम गर्ने वाताबरणको निर्माण गर्ने
९. संसदहरुको संख्या घटाउँने । मन्त्रिपरिषद् सानो आकारको बनाउँने
१०. पदाधिकारी र पूर्वपदाधिकारीहरुको सुविधामा भारी कटौती गर्ने र बिकासमा प्रयोग गर्ने
११. राजनीती अब पेशा हैन, सेवामा बदल्नु पर्छ । राजनीती अब जनताको लागि, सामाजिक न्यायको लागि, आउँदो पुस्ताको लागी । हाम्रै पालामा परिवर्तन ।

यस्तै शैक्षिक संस्थाहरु शान्ति क्षेत्र बनाउने, त्यहाँबाट सबै राजनीतिक संघ संगठनहरु हटाउने, कानूनको शासन, लिङ्ग र जातको आधारमा गरिने हरेक खालको सामाजिक विभेदहरुको अन्त्य गर्दै समतामुलुक समाजको निर्माण र मानव अधिकारको रक्षा गर्ने, संक्रमणकालीय न्यायलाई अन्तर्राष्ट्रिय मानव अधिकार टुङ्गोमा पु¥याउने, हरेक खालको भ्रष्टाचार नीतिगत र अनियमिततालाई जरैदेखि उखेल्ने, २०४६ सालपछि शक्ति र सत्तामा बसेका सबैको सम्पत्ति छानविन गर्ने, प्रधानाध्याधीश न्यायाधीश, संवैधानिक अङ्गका पूर्व र वर्तमान सबै पदाधिकारीहरुको शक्तिशाली नागरिक आयोग बनाएर सम्पत्ती छानविन गर्ने, व्यापारीहरुलाई करको दायरामा ल्याउने, सम्पत्ति सुद्धिकरण सम्बन्धी कानूनलाई सशक्त बनाउने रहेको छ ।
यसै गरी आर्थिक रुपमा देशलाई आत्मनिर्भर बनाउने, विदेशी ऋण कम गर्दै जाने, कृषि उत्पादनलाई आधुनिकिकरण गर्ने, युवा जनशक्तिलाई उद्धमशिल बनाउँदै रोजगारीको वातावरण तयार गर्ने, २०४६ साल पछि बेचिएका, नष्ट भएका सबै उद्योग कलकारखानाहरु पूनस्थापित गरिने, नेपाली समाजलाई पलायनवादी मानसिकताबाट माथि उठाउने, विदेशमा पसिना बगाउन बाध्य बनाइएका हाम्रा लाखौं नेपाली दाजु–भाई दिदी बहिनीहरुलाई स्वदेशमै फर्काएर यहि काम गर्ने वातावरणको निर्माण गर्ने, सांसदहरुको संख्या घटाउने, मन्त्रिपरिषद् सानो आकारको बनाउने, पदाधिकारी र पूर्व पदाधिकारीहरुको सुविधामा भारी कटौती गर्ने र विकासमा प्रयोग गर्ने, राजनीति अब पेशा हैन, सेवामा बदल्नुपर्छ, राजनीति अब जनताको लागि, सामाजिक न्यायको लागि, आउदो पुस्ताको लागि र हाम्रै पालामा परिवर्तन गरिने रहेका छन् ।

उहाँ देशका लागि के गर्नु हुन्छ ?

उहाँले आफ्नो राजनीति देशकालागि हुने बताएका छन् । उहाँ शिक्षा पेशालाई मात्रै अंगाल्ने हो भनेपनि उहाँसँग थुप्रै सम्भावना छन र सक्षम हुने आधार छन् । देशका लागि तपाई के गर्नुहुन्छ भन्दा उहाँको प्रतिक्रिया यस्तो रहेको छ । “सबैभन्दा ठूलो कुरा समाज र जनताप्रति र आफ्नैप्रति इमान्दार छु । म बदमासी, भ्रष्टाचार, नराम्रो काम कहिल्यै गर्दिन र गरेको छैन । म देशको सेवा गर्न जन्मेको हुुँ कि जस्तो लाग्छ । यी यस्ता कारणले गर्दा खेरी मैले यस क्षेत्रबाट जित्नै पर्छ । म जत्तिको मान्छे निर्णायक ठाउँमा पुग्दा राष्ट्रलाई, जनतालाई कुनै घाटा हुने छैन उहाँले भन्नुभयो । जनताले अब आँट गरेर मलाई जिताउनु पर्छ ।”

उहाँ किन स्वतन्त्रबाट निर्वाचन जादैँ ?

तपाई किन स्वतन्त्रबाट निर्वाचन जादैँ हुनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँको प्रतिक्रिया यस्तो छ । म स्वतन्त्र नै रहन्छु, म सबैको साझा जनताको उम्मेदवार हुँ । म कसैको होइन, सबैको हुँ । पहिला म यो राष्ट्रको हुँ, नेपाली हुँ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्