लगातार दुई दिनपछि मौसम खुल्दा टिका लगाउनेको चहलपहल

काठमाडौं– बडा दसैंको टीकाको तेस्रो दिन आज द्वादशी । १५ दिन सम्म मनाइने बडा दसैंको विजया दशमीको दिन मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले आज द्वादशीको दिन पनि टीका ग्रहण गर्दैछन् ।

टीकाको दिन मान्यजनका हातबाट टीका र आशिर्वाद लिन नसकेका र नभ्याएकाहरुले कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिन सकिने परम्परा रहिआएको छ । बडा दसैंको दशौं दिन विजया दशमीको दिनबाट पाँच दिनसम्मै मान्यजन र आफन्तकहाँ पुगेर टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

लगातार दुई दिन पानी परेर टीका लगाउन हिंडेकालाई केहि असहज बनाएको भए पनि आज विहान भने पानी परेको छैन् । मौसम विभागले काठमाडौं उपत्यका सहितका स्थानमा आज सामान्य बदली मात्रै हुने पूर्वानुमान गरेकोले बिहानैबाट टीका लगाउन हिंडेकाहरुको चहलपहल दखिएको छ ।

यसैगरी दसैंको मुख्य दिनहरु सकिएसँगै सडकमा मानिस र सवारी साधनहरुको चहलपहल पनि बाक्लिदै गएको छ । धादिङ संवाददाताका अनुसार बजारक्षेत्रहरुमा मानिसहरुको चहलपहल बढेको छ । राजमार्गमा पनि हिजोको तुलनामा बिहानैदेखि सवारीका साधनहरुको चाप बढेको छ ।

दसैं टीकाको तेस्रो दिन विहानैदेखी टिका लागाउन जाने आउनेहरुको भिड बढे पनि राजमार्गको ठाँउ ठाँउमा खसेको पहिरो र बिग्रिएको सुडकका कारण भने यात्रुहरुलाई समस्या भएको छ । सवारीका साधनहरु सहजै नपाएका कारण यात्रुहरुलाई थप कष्ट भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्