कर्णालीको यात्रा ‘भगवान् भरोसा’

काठमाडौं – कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ । चालक हरिबहादुर कार्की दुःखेसो पोख्छन्, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? केही थाहा छैन ।’

राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । कालिकोट सडकखण्डको सुनारखोला, टाकुल्ला, सेरिघाट पिली क्षेत्रमा यात्रु सास्ती बेहोर्दै दुर्घटनाको उच्च जोखिम मोलिरहेका छन् । पुलमा पहिरो खसिरहेको छ । पहिरोले पुल दायाँबायाँ क्षति पु-याउन थालिसक्यो । कर्णाली विकासको मेरुदण्ड मानिएको राजमार्ग सुर्खेत–जुम्ला सडक कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन । आजको राजधानी दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्