न्यू भीजन एकेडेमीले आयोजना गरेको वक्तृत्वकलामा कल्पना जोशी प्रथम

काठमाडौ – न्यू भीजन एकेडेमीले आयोजना गरेको वक्तृत्वकलामा कक्षा ११ कि छात्रा कल्पना जोशी प्रथम भएकी छिन् । “देश विकासका लागि युवाहरूको भूमिका” शीर्षकमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो । यसैगरी कक्षा १२ का छात्र  दुर्गा बहादुर खड्का द्वितीय र कक्षा ११ का छात्रा  बिशाखा राई तृतीय भएका छन् । त्यस्तै कक्षा ११ कै छात्र शुभंकर ठकुरीलाई सान्त्वना दिएको छ। चारैजनालाई ट्रफि सहित प्रमाणपत्रले सम्मान गरिएको विद्यालय संयोजक सागर शर्माले जानकारी दिनुभयो ।
उपहार खबरसँग बोल्दै प्रथम भएकी छात्रा कल्पना जोशीले यस कार्यक्रमले आफुलाई थप हौसला प्रदान भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुने बताईन् ।
विद्यालयको बार्षिक क्यालेन्डर अनुसार आज वक्तृत्वकला आयोजना गरिएको र कक्षा ११ र १२ अध्ययनरत सबै विद्यार्थीहरूलाई आफुले जानेको कुरा प्रस्तुत गर्न लगाइएको विद्यालयका प्रिन्सिपल गणेश भट्टराईले जानकारी दिनुभयो ।

क्यालेन्डर पहिले तयार गरिने भएकाले क्यालेन्डरमा उल्लेख भएका आन्तरिक कार्यक्रमलाई व्यवस्थित गरी औपचारिक ढंगले आयोजना गर्ने गरिन्छ । पढाईसँगसँगै अतिरिक्त क्रियाकलापमा न्यू भीजन एकेडेमीले विद्यार्थीहरू सहभागी गराउदै आईरहेको छ । कोटेश्वरमा रहेको न्यू भीजन एकेडेमीले पढाईमा समेत उत्कृष्ट नतिजा ल्याउदै आईरहेको छ । पढाइको गुणस्तर र अतिरिक्त क्रियाकलापमा विद्यालयको सहभागीता देखेर विद्यार्थीको पहिलो रोजाइ न्यू भीजन एकेडेमी पर्ने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्