बालेनलाई बाबुरामको आग्रह – स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गरौँ

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन् ।

महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर शाहको अभियानको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् ।

शुक्रबार बिहान ट्वीटमार्फत उनले फुटपाथ व्यवस्थित गर्दा निश्चित ठाउँ र समय तोकेर स्वरोजगार श्रमिकहरूको व्यवस्थापन पनि गर्नुपर्नेमा जोड दिए । संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य रहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्