प्रतिनिधि सभा निर्वाचन : पाँच दलीय गठबन्धनमा दार्चुला जिल्ला कांग्रेसको भागमा

काठमाडाैं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ५ दलीय गठबन्धनमा दार्चुला जिल्ला कांग्रेसको भागमा परेको छ । पाँच दलीय भागबण्डामा दार्चुला जिल्ला कांग्रेसलाई दिने सहमती भएको छ । एक स्रोतका अनुसार दार्चुला कांग्रेसको भागमा परेका जानकारी दिनुभयो । दार्चुलामा प्रतिनिधि सभा सदस्यका लागि धेरै उम्मेदवार सिफारिस भएपनि हालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु नै पक्कापक्की हुन् । एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुला कांग्रेसको भागमा परेको हो । पाँच दलीय गठबन्धन सबै जिल्लाका सबै निर्वाचन क्षेत्रका लागि सहमति हुन बाँकि नै छ ।

नेपाली काँग्रेस दार्चुलाले संघीय निर्वाचनका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री बडू, विक्रम धामी, जगदिश पाल र गौरीशंकर गिरीको नाम सिफारिस गरेको छ ।

दार्चुलामा प्रतिनिधि सभाका लागि कांग्रेसका तर्फबाट बडु र एमालेका तर्फबाट भने एकल सिफारिस भएका पूर्वमन्त्री गणेशसिँह ठगुन्नाबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै हो । यसभन्दा पहिलेको निर्वाचनमा लगातार दुई चोटी प्रत्यक्षबाट निर्वाचन जितिसकेको नेता ठगुन्नालाई यसबर्षको निर्वाचनमा गठबन्धनका बीचमा प्रतिस्पर्धा गर्नुपर्ने छ । गठबन्धनको सामाना गर्नुपरेपनि आफ्नो जीत सुनिश्चित भएको ठगुन्नाको दाबी छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र नियाल्ने हो भने गठबन्धन कायम रहदा पनि गठबन्धनले २९ हजार ७ सय ५० मत प्राप्त गरे भने एमालेले ३० हजार ४०२ मत प्राप्त भएका थिए । गठबन्धन कायम रहदा समेत चर्को प्रतिस्पर्धा हुने देखिन्छ । उता बडुले भने मन्त्री पद सम्हालेदेखि उद्योग क्षेत्र लगायत समग्र दार्चुलाको विकासलागि धेरैजसो काम गरेकोले मत थप हुने कांग्रेस निकटका कार्यकर्ताहरुको भनाई छ ।

स्थानीय निर्वाचनमा उपप्रमुखको मतलाई नियाल्ने हो भने ९ वटै पालिकामा गठबन्धनको तर्फबाट २९ हजार ३०२ र एमालेको तर्फबाट २८ हजार ६१४ मत खसेको छ । प्रमुखको मतले एमाले अग्र स्थानमा भएपनि उपप्रमुखको मतले गठबन्धन अगाडि देखिएको छ । यी मतको आधारले समिकरण गर्ने हो भने दुबै उम्मेद्वारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी गठबन्धन कायम रहि अन्य पार्टीले एक्यबद्धता भई चुनावी मैदानमा गयो भने काङ्ग्रेसका तर्फबाट बडुको जीत सुनिश्चित हुने देखिन्छ तर गठबन्धनमा केहि हदसम्म पनि अन्तरघात हुने अवस्था सृजना भयो भने एमालेले जीत हाँसिल गर्ने देखिन्छ । यो निर्वाचनमा दार्चुलाको मतपरिणाम निक्कै रोचक हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्