अन्तत: बालेनले खोजे टुकुचा, जय नेपाल हलकाे कम्पाउन्ड भत्काइयो

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाले हराएकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा वर्षाैंदेखि गायब थियो ।

यसअघि महानगरले ३५ दिने सूचना दिँदै यस क्षेत्रकाे अवैध अतिक्रमण हटाउन निर्देशन दिएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्