नुवाकोटमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, १२४ जनाको आँखाको ज्योति फर्कियो

नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं; जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त प्रयासले १२४ जनाको आँखाको ज्योति फर्किएको छ । भाद्र २३, २४ र २५ गते गरी ३ दिनसम्म​ जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा नि:शुल्क शल्यक्रिया शिविर संचालन भ​एको थियो । यसअघि जिल्लाका विभिन्न स्थानमा नि:शुल्क मोतिबिन्दु छनौट शिविर संचालन गरिएका थिए । तिनै शिविरहरुबाट छनोट गरिएका बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न भ​एको जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले जानकारी दिए । शिविरलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई जिल्ला सामुदायिक आँखा केन्द्रले धन्यवाद ज्ञापन गरेको छ​ ।

तस्बिरहरु:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्