गठबन्धन बैठक : सिट बाँडफाँट सहमति नजिक, भोलि पुन: बैठक बस्ने

File Photo

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेको बताएका छन् । यद्यपि यसलाई अन्तिम टु‌ंगोमा पुर्‍याउन भने बाँकी रहेको बताउँदै उनले छलफल जारी रहेको जानकारी दिएका हुन् ।

आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । आज यिनै विषयमा छलफल भएको छ । भोलि पनि बैठक जारी रहनेछ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’

‘एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखायो’ भनेर धारणा सार्वजनिक गरेको प्रश्नमा उनले बैठकमा हार्दिकताका साथ छलफल भएको बताए । ‘बाहिर खपतका लागि बोल्ने अर्को कुरा हो । हामीले यथार्थलाई विश्लेषण गरेर नै छलफल गर्छौँ,’ उनले भने, ‘कुनै पनि दलमा समस्या छैन । यहाँ गठबन्धनको आवश्यकता छ भन्ने कुरामा कसैको दुई मत छैन । असन्तुष्टि देखिएको छैन।’

उनले आफूलाई धेरै सिट आओस् भन्नु स्वाभाविक भएको बताउँदै ग्राउन्ड रियालिटी हेरेर निर्णय हुने जिकिर गरे । बैठक भोलि बिहान साढे ८ बजे पुन: बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्