उद्योगमन्त्री बडू दार्चुलाबाट सिफारिस

File Photo

काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू दार्चुलाबाट उम्मेदवार सिफारिस भएका छन् ।

मंगलबार साझ जिल्ला कार्य समिति बैठकले बडूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । बडू सहित दार्चुलाबाट ४ जनाको नाम सिफासिस भएको छ । बडू बाहेक विक्रम धामी, जगदिश पाल र गौरीशंकर गिरीको नाम सिफारिस भएको हो । अरुको नाम सिफारिस भए पनि बडूलाई नै दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनाउने दार्चुला काँग्रेस स्रोतको दाबी छ ।

२०७४ सालको निर्वाचनमा बडू समानुपातिक बाट सांसद बनेका थिए । पहिलो र दास्रो सम्बिधानसभाको निर्वाचनमा समेत बडूले हार व्यहोरेका थिए । २०४८ र २०५६ को निर्वाचन बडूले जितेका थिए भने २०५१ मा एमालेका प्रेमसिंह धामीसँग हारेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्