दार्चुला काँग्रेसले संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस गर्‍यो, संघमा बडू र प्रदेशमा धामीको सम्भावना बलियो

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस गरेको छ । मंगलबार जिल्ला कार्यसमितिले संघ र प्रदेशका लागि उम्मेदवाहरु सिफरिस गरेको दार्चुला काँग्रेसले जनाएको छ । संघीय निर्वाचनका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, विक्रम धामी, जग्दिश पाल र गौरीशंकर गिरीको नाम सिफारिस भएको एक नेताले जानकारी दिए ।

यसै गरि प्रदेशका लागि प्रदेशसभा (क) र (ख) बाट आकांक्षीको संख्या थुप्रै देखिएकाकाले धेरै जनाको नाम सिफारिस भएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेशसभा (क) बाट विक्रम धामी, मदन गिरी, नरेन्द्र धामी लगायत १६–१७ जनाको नाम सिफारिस भएको छ । यस्तै प्रदेशसभा (ख) बाट पनि विक्रम धामी, जग्दिश पाल लगायतका १४–१५ जना आकांक्षिको नाम सिफारिस भएको स्रोतले बतायो । स्रोतका अनुसार नाम सिफारिस भए पनि संघीय संसदका लागि मन्त्री बडूको सम्भावना प्रवल र प्रदेशमा विक्रम धामीको सम्भावना प्रवल छ ।

यस्तै सामानुपातिकमा संघ तर्फ आदिवासी जनजाती बाट पार्टी सभापति ललित बोहरा र अपाङ्गबाट अमरसिंह धामी लाई सिफारिस गरिएको छ । भने प्रदेश सभा (ख) तर्फ समानुपातिकमा अमरसिंह धामीलाई सिफारिस गरिएको छ । धामी शैल्यशिखर नगरपालिकाका पूर्व मेयर समेत हुन् । स्रोतका अनुसार प्रदेशको समानुपातिकमा धामीको सम्भावना प्रबल छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्