अत्तरियामा बैतडीका एक युवकको शव भेटियो, हत्याको आशंका

सांकेतिक तस्बिर

बैतडी – कैलालीमा बैतडीका एक युवकको शव फेला परेको छ । कैलालीको अत्तरियास्थित एक पसलको ट्वाइलेटमा २२ वर्षीय जयन्तबहादुर कार्कीको शव फेला परेको हो । गोदावरी नगरपालिका–१ वरपिपलमा रहेको चौलागाँई वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय कार्कीको शव शनिवार साँझ फेला परेको प्रहरीले जनाएको छ ।
बैतडीको डिलाशैनी–७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत रहेका थिए । कार्कीको शव शंकास्पद रुपमा फेला परेपछि आफन्तले उनको हत्या भएको आशंका गरेका छन् ।

घटनाको सत्यतथ्य छानबीन हुनुपर्ने परिवारजनले माग गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्