नेता गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ : राष्ट्रपति भण्डारी

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनुभएको छ ।

आज बिहान ट्विट गरी उहाँले गिरिको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

साथै राष्ट्रपति भण्डारीले गिरिप्रति श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ । क्यान्सरबाट पीडित गिरिको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्