सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने

File Photo

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ।

चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेका थिए।

उक्त कार्यदलले आज पहिलो बैठक गर्न लागेको छ। साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरी जाने औपचारिक निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। सोही दिन सिट बाँडफाँटका लागि कार्यदल बनेको थियो।

सोमबार अपरान्ह ३ बजे बालुवाटारमा कार्यदलको बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदल बैठकमा सिट बाँडफाँटका आधारलगायत विषयमा कुराकानी हुने बताइएको छ। यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई-दुई जना सदस्य छन्। यसअघि स्थानीय चुनावमा पनि सत्ता गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँट गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्